प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, बिहानै भेन्टिलेटर हटाइयो
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ ।
स्वास्थ्यमा सुधार देखिएकाले एपेन्डिसाइटिसको शल्यक्रियापछि राखिएको भेन्टिलेटर हटाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार देखिए पछि भेन्टिलेटर हटाइएको बताए ।
उनले भने, “स्वास्थ्यमा सुधार देखिए पछि एनेस्थेसिया दिदा राखिएको भेन्टिलेर बिहान हटाइएको छ ।”
प्रधानमन्त्री ओलीको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।