शुल्क विवाद समाधान गर्न त्रिविसँग सहमति भइसकेको छ : अन्सारी (भिडियाे सहित)
नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीले चिकित्सा शिक्षाको शुल्क विवाद अन्त्य गर्न त्रिविसँग सहमति भइसकेको बताएका छन् ।
अन्सारीले शुल्क विवाद समाधान गर्न त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटासँग सहमति भइसकेको बताएका हुन् । उनले भने, “उपकुलपतिले विद्यार्थी नेतासँग कुरा गरेर शुल्क विवाद समाधानका लागि सहमति गराउने भन्नुभएको छ ।”
उनले उपकुलपति बास्कोटाले चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयमार्फत सहमति गराएर शुल्क विवाद अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि बताए । अन्सारीले भने, “उपकुलपतिले हामीलाई सरकारको निर्णय अनुसार शुल्क विवाद समाधान गर्न भन्नुभएको थियो ।”
शुल्क विवाद समाधानमा मेडिकल कलेज सञ्चालकहरु सकारात्मक
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोलाएको बैठकमा चिकित्सा शास्त्र अध्ययन शुल्क विवाद समाधान गर्न मेडिकल कलेज सञ्चालकहरु सकारात्मक भएका छन् । मन्त्रालयमा बसेको बैठकमा सञ्चालकहरु सकारात्मक रहेको चिकित्सा शिक्षा आयोगका अध्यक्ष डा.श्रीकृष्ण गिरिले जानकारी दिए ।
डा. गिरिले शुल्क विवाद कसरी अन्त्य गर्ने भन्ने विषयमा सोमबार बिहानदेखि मन्त्रालयमा भएको बैठकमा कलेज सञ्चालकहरुले समाधानको लागि फरक मत राखेपछि मन्त्री पोखरेलले सहमतिका लागि १० मंसिर बिहानसम्मको समय दिएका छन् ।
More Videos: