चितवन मेडिकल कलेज परिसरमा गोलीसहित पेस्तोल भेटियो
चितवन मेडिकल कलेजकाे हाेस्टेलमा बेवारिसे अवस्थामा पेस्तोल र गोली फेला परेको छ ।
भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित कलेजको परिसरमा शनिबार दिउँसो बेवारिसे पेस्तोल भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अमेरिकामा निर्मित नाइन एमएमको अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली फेला परेको हो ।
त्यससँगै थ्री नट थ्रीको सात राउण्ड खाली खोका, थ्री नट थ्रीको एक राउण्ड गोली र दुई राउण्ड नाइन एमएमको गोली बरामद गरिएको छ।
शनिबार दिउँसो ३ः३० बजे पेस्तोलसहित गोली भेटाएको र कलेजको सुरक्षा गार्डले पेस्तोल भेटिएको जानकारी प्रहरीलाई गराएको बताइएकाे छ ।
कलेजले शुल्क बढी लिएको भन्दै फिर्ता गर्न विद्यार्थीले मागसँगै आन्दोलन गरेपछि ५ भदौबाट कलेजको पठनपाठन प्रभावित भएको छ ।