पत्रकार गुरुवाचार्यको निधन
अनुभवी तथा वयोवृद्ध पत्रकार विनय गुरुवाचार्यको आज बिहान निधन भएको छ ।
लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको थापाथलीस्थित आफ्नै निवासमा निधन भएको हो ।
संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको अन्तरराष्ट्रिय समाचार समिति एशोसिएटेड प्रेस(एपी) को काठमाडौँस्थित प्रतिनिधिका रुपमा ३८ वर्ष काम गरेका गुरुवाचार्यले नेपाल वातावरण पत्रकार समूहमा रहेर पनि काम गरे ।
आफ्नो पेशामा पूर्ण समर्पित गुरुवाचार्यको अनुभवबाट उनका समकालीन र पछिल्ला पुस्ताले पेशागत जिम्मेवारीका सम्बन्धमा धेरै ज्ञान हासिल गरेका थिए ।
उनको शनिबार अन्त्येष्टि हुने परिवार स्रोतले जनाएको छ । स्व गुरुवाचार्यका श्रीमती, छोरा पत्रकार विनाज र एक छोरी छन् ।