बलात्कार आरोपमा विद्यार्थी नेता राई थुनामा
बलात्कार प्रयासको आरोपमा पक्राउ परेका विद्यार्थी नेता इन्द्रहाङ राईलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी नेता राईलाई बलात्कार आरोपमा १२ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो ।
आरआर क्याम्पस स्ववियु सहसचिव समेत रहेका राईले साथीको बहिनीलाई बलात्कार गरेको आरोप लागेको छ ।
उनले देउसी खेल्न भनी बोलाएर बलात्कार गरेको आरोप लागेको छ ।