दाहालको प्रस्टोक्ति– मन्त्री फेर्ने क्षेत्राधिकार प्रधानमन्त्रीको
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मन्त्री फेर्ने क्षेत्राधिकार प्रधानमन्त्रीको भएको प्रष्टोक्ति दिएका छन् ।
दाहालको सचिवालयले प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीले नै मन्त्रीहरु हेरफेर गर्न सक्ने जनाएको छ । प्रचारमा आए जस्तो मन्त्री फेर्ने कार्यमा अध्यक्ष दाहाल नभएको सचिवालयले प्रष्ट्याएको छ ।
मन्त्रिपरिषद हेरफेर गर्ने क्षेत्राधिकार प्रधानमन्त्रीको भएकाले यसमा अध्यक्ष दाहालसँग जोडेर आएको समाचारप्रति भत्र्सना गरिएको सचिवालयले जनाएको छ ।