भारतले नेपालसँगकाे सन्धि सम्झनुपर्छः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतसंँग सरकारले सीमा विवादका बारेमा वार्ता गरेर समाधान खोज्नुपर्ने बताएका छन्।
भारतले अहिले जारी गरेको नक्सा गलत भएकाले सरकारले कूटनीतिक माध्यमबाट तत्काल सच्चाउन पहल गर्नुपर्ने सभापति देउवाले बताए ।
उनले भने, “महाकाली नदीलाई दुई देशको सिमाना र महाकाली नदीको पानी आधाआधा बाँड्ने महाकाली सन्धिमा उल्लेख छ । भारतले त्यही सन्धिअनुसार कार्यान्वयन गर्नुपर्छ ।”
कैलाली पुगेका सभापति देउवाले १४ मंसीरमा हुने उपनिर्वाचनको आचारसंहिता उल्लङ्घन भइरहेकाले निर्वाचन आयोग गम्भीर बन्नुपर्ने बताए । वर्तमान सरकार जनभावना विपरीत गएको आरोप समेत लगाए ।