नेवि संघले भारतसँगै चीन विरुद्ध पनि प्रदर्शन गर्ने
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेवि संघले भारत र चीन दुवै देशबाट भएको सीमा अतिक्रमणको विरुद्धमा प्रदर्शन गर्ने भएको छ ।
‘ब्याक अफ इन्डिया–चाइना’ नारा तय गरेको छ । आइतबार दिउँसो १२ बजे नेवि संघले भारत र चीन दुवै तर्फबाट भएको सीमा अतिक्रमण बिरुद्ध प्रदर्शन गर्ने भएको हो ।
नेवि संघले नेपाल सरकार माथि समेत प्रश्न उठाएको छ । ‘बालुवाटार र खुला मञ्च त जोगाउन सकेनौं, हाम्रो सीमा पनि जोगाउन नसक्ने हो ?’, नेवि संघले ब्यानरमा लेखेको छ ।