फर्किए बांग्लादेशी राष्ट्रपति हमिद
बांग्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी शुक्रबार अपराह्न स्वदेश फर्किएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बिदाइ गरिन् ।
बिदाइका लागि गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई लगायत विमानस्थल पुगेका थिए ।
हमिदलार्ई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएको थियो ।
स्वागतमा झैँ बिदाइमा पनि सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारले गीतसङ्गीत र नृत्य प्रस्तुत गरेका थिए भने बालबालिकाले नेपाल र बङ्गलादेशको झण्डा फ¥हराएर विशिष्ट पाहुनालाई बिदाइ गरेका थिए ।