कुवेत विरुद्ध खेल्ने नेपाली टीम घोषणा, भरत खवासकाे पुनरागमन
सन् २०२२ को विश्वकप र २०२३ मा हुने एसिया कप छनोट अन्तर्गत कुवेत विरुद्ध खेल्ने नेपाली टीम घोषणा गरिएको छ ।
भुटानमा हुने खेलका लागि किरण लिम्बुकै कप्तानीमा टीम घोषणा गरिएको छ । यस पटक भरत खवास पनि टीममा परेका छन् । तर, नियमित कप्तान विराज महर्जन भने यसपटक पनि टीममा छैनन् ।
दशरथ रंगशालाको पुनर्निर्माणमा नसकिएकाले नेपालले कुवेत सँगको खेल भुटान खेल्न लागेको हो ।
नेपाली टीम
गोलकिपरः किरण चेम्जोङ, बिकेश कुथु, बिशाल श्रेष्ठ
डिफेन्डरः सरोज दाहाल, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, अजित भण्डारी, रजिन धिमाल
मिडफिल्डरः सुनिल बल, अञ्जन विष्ट, विक्रम लामा, रविशंकर पासवान, मिक्चेन तामाङ, रोहित चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ, तेज तामाङ
फरवार्डः भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्तिमगर र अविषेक रिजाल ।