नेपाली महिला भलिबल खेलाडीहरुलाई तीन–तीन लाख पुरस्कार दिइने
एभीसी सेन्ट्रल भलिबलको उपाधि विजेता नेपाली महिला भलिबलका सवै सदस्यलाई सरकारले तीन–तीन लाख पुरस्कार दिने भएको छ ।
बांग्लादेशमा भएको प्रतियोगिताको उपाधि जितेर शुक्रबार स्वदेश फर्किएका महिला भलिबल टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पुरस्कार घोषणा गरेका हुन् ।
फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल ऐतिहासिक उपाधि जितेको छ । २० वर्षे महिला भलिबलमा पहिलो पटक उपाधि जितेको हो । सन् २०१४ मा नेपाल दोस्रो भएको थियो ।
प्रतियोगितामा नेपालका प्रतिभा माली सर्वोत्कृष्ठ खेलाडी घोषित भएकी थिइन् ।