नेपाली महिला भलिबललाई ऐतिहासिक उपाधि
माल्दिभ्सलाई हराउँदै एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जितेको छ ।
बांग्लादेशको राजधानी ढाकामा भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३-० काे साेझाे सेटमा पराजित गर्न सफल भयो ।
नेपाल सहित बांग्लादेश, माल्दिभ्स, किर्गिस्थान र अफगानिस्तान बीच भएको प्रतिश्पर्धामा अपराजित यात्रा कायम राख्दै नेपाल फाइनल आइपुगेको हो । राउण्ड रोविन लिग अनुसार बुधबार नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
प्रतियोगितामा नेपालले अफगानिस्तान, किर्गिस्तान र बांग्लादेशलाई पनि सोझो सेटमा हराएको थियो । सवै देशसँग नेपालले एउटै नतिजा निकाल्यो ।
प्रत्येक टीमलाई ३–० को सोझो सेटमा पराजित गरेको नेपाल सन् २०१४ मा भएको प्रतियोगितामा भने दोस्रो भएको थियो ।
त्यसबेला उपाधि विजेता भारत र तेस्रो बनेको श्रीलंका यसपटकको प्रतियोगितामा सोमल छैनन् ।