शाह विरुद्ध मुद्दा दर्ता भएपछि तरुण दलद्वारा जिल्ला बन्दको आह्वान
हतियार सहित पक्राउ परेका तरुण दल नेपालगञ्जका सभापति सन्दीपजंग शाह विरुद्ध पाँच वर्ष कैदको माग सहित मुद्दा दर्ता भएको छ ।
सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता–२०७४ अनुसार, हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता गरेको छ ।
प्रहरी अनुसन्धान पछि सरकारी वकिलको कार्यालयले पाँचसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने कसुरमा मुद्दा दर्ता गराएको हो ।
गत १४ कात्तिकमा आधुनिक पेस्ताल सहित शाह सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो । मुद्दा दर्ता पछि तरुण दलले जिल्ला बन्दको आह्वान गरेको छ ।