उपनिर्वाचन अनुमगन गर्न कांग्रेसले बनायो उपसमिति
आगामी १४ मंसीरमा हुने उपनिर्वाचनको अनुगमन गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसमिति गठन गरेको छ । उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधली रहित बनाउन भन्दै कांग्रेसले रमेश लेखकको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।
उपसमितिमा केन्द्रीय सदस्यहरु सीता गुरुङ, नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसी, अधिवक्ता तेज रावल छन् । उपसमितिको सदस्य सचिव भने अधिवक्ता केशव रिजाल रहेका छन् ।
यो उपसमितिले निर्वाचन आयोग र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने, मतदान गर्न प्रेरित गर्ने लगायत कार्यादेश दिइएको छ ।