ठगी मुद्दा लागेपछि सुदूरपश्चिमका राज्यमन्त्रीले दिए राजीनामा
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् ।
जिल्ला अदालत कञ्चनपुरमा ठगी मुद्दा दर्ता गरिएकाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राज्यमन्त्री रावलले आइतबार राजीनामा दिएका हुन्।
भीमदत्त नगरपालिका भाँसीस्थित जनज्योति एजुकेसन फाउन्डेसनको शेयर वापतको रकम ठगीको आरोप लागेकाले उनले नैतिकताको आधारमा राजीनामा दिएको बताइएको छ ।
फाउण्डेसनको १५ करोड ६७ लाख ५० हजार शेयर बापतको रकम ठगी गरेको भन्दै मन्त्री रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालत (कञ्चनपुर)मा मुद्दा परेको छ ।
रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचित नेकपा सांसद हुन् ।