भक्तपुर १ (ख) मा नेकपा, नेपाली कांग्रेसलगायत दलहरुले गरे मनोनयन दर्ता
भक्तपुर १ ‘ख’ मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी कांग्रेस, नेमकिपा लगायतका दललेे उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् ।
भक्तपुर १ (ख) मा नेकपाका देवीप्रसाद ढकाल (डीपी) ले मनाेनयन दर्ता गरेका छन् । यसैगरी नेपाली कांग्रेसका कृष्णप्रसाद भँडेलले मनोनयन दर्ता गरेका छन् ।
नेकपाको उम्मेदवार मनोनयनका लागि पार्टी सचिवालय सदस्य वामदेव गौतम, पूर्वमन्त्री एवं भक्तपुरकै सांसद महेश बस्नेत लगायतकाे उपस्थिति थियाे।
यसैगरी कांग्रेसको उम्मेदवारी मनोनयनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा उपस्थित थिए।
तत्कालीन सांसद हरिशरण लामिछानेको मृत्यु भएपछि मंसीर १४ गते सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।