आैषधि विज्ञानमा चीनकाे ठूलाे खाेज, अल्जाइमर रोगीका लागि बनायो औषधि
चीनको शांघाईको एक कम्पनीले अल्जाइमर रोगका लागि पहिलो पटक औषधि बनाएको छ । यसलाई विगत १७ वर्षमा गरिएको ठूलो खोज मानिएको छ ।
ल्जाइमरका रोगी अर्थात बिर्सने रोग भएका बिरामीहरूका लागि यो औषधि आगामी महीनाबाट बजारमा आउने बताइएको छ ।
चीनको नेशनल मेडिकल प्रोडक्ट एडमिनिस्ट्रेशनले आफ्नो विज्ञप्तिमा ‘ओलिगोमैनेट’ नामको यो औषधिलाई बजारमा ल्याउन अनुमति दिएको छ ।
परीक्षणकालको अवधिमा ४ हप्तामा नै यस औषधिले बिरामीहरूमाथि असर देखाएको बताइएको छ । करीब दुई दशकको मिहिनेत पछि यो औषधि बनाइएको बताइन्छ ।
डिसेम्बर महीनादखि यो औषधि बजारमा आउने बताइएको छ । अहिलेसम्म अल्जाइमर रोगसँग लड्ने कुनै औषधि नभएको र चीनले यो चमत्कार गरेर देखाएको बताइएको छ ।
प्रथम चरणमा स्थानीय स्तरमा बिक्री गरिने र पछि अमेरिका, एशिया र यूरोपका देशहरूमा उपलब्ध गराउने बताइएको छ ।
औषधि उत्पादक संस्था ग्रीन भ्याली चीनका ठूला अनुसन्धान गर्ने कम्पनीमध्ये एक हो । यो कम्पनी औषधि विज्ञानमा कार्यरत छ । बिगत
कयौ वर्षदेखि चीनले औषधि विज्ञानका क्षेत्रमा ठूलो लगानी गर्न र आफ्नो देशमा नयाँ औषधिको उत्पादन गर्न चाहिरहेको छ ।
चीनमा मात्र अल्जाइमरका बिरामीको संख्या करीब एक करोड भएको बताइन्छ । यसैगरी विश्वमा यस रोगका बिरामी करीब ५ करोड छन् । यो औषधिको परीक्षण गर्दा अल्जामरका ८१८ जना रोगीमाथि परीक्षण गरिएको थियो । –एजेन्सी