नेकपाले टुंग्यायाे उम्मेद्वार, कास्कीमा विद्या भट्टराई, धरानमा प्रकाश राई
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी १४ मंसीरमा हुने उपनिर्वाचनका लागि उम्मेद्वार टुंगो लगाएको छ ।
आइतबार साँझ बसेको सचिवालय बैठकले उम्मेद्वार तय गरेको हो । नेकपाले कास्की–२, मा विद्या भट्टराईलाई उम्मेद्वार बनाउने भएको छ ।
ताप्लेजुङ हवाई दुर्घटनामा मृत्यु भएका रविन्द्र अधिकारीकी पत्नी भट्टराईलाई उपनिर्वाचनमा उम्मेद्वार बनाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
नेकपाले भक्तपुर–१, (क) मा देवीप्रसाद ढकाल र दाङ–३, (ख) मा विमला वलीलाई उम्मेद्वार बनाउने भएको छ । बाग्लुङ–२, (ख)मा भने जनमोर्चाको उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेद्वार बनाउने निर्णय भएको छ ।