मन्त्रिपरिषद बैठक अघि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण
ग्राण्डी अस्पतालमा तेस्रो पटक डायलासिस गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छन् ।
शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीले फोक्सोमा जम्मा भएको पानीको अवस्थाबारे जानकारी लिएका हुन् । शिक्षण अस्पतालबाट फर्किए पछि मन्त्रिपरिषद बैठक शुरु भएको छ । बैठक पछि प्रधानमन्त्री डायालासिसका लागि ग्राण्डी अस्पताल जाने तयारी भएको छ ।
मन्त्रिपरिषद बैठक र स्वास्थ्य उपचारका कारण आइतबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भने अनिश्चित भएको छ ।
आगामी १४ मंसीरमा हुने उपनिर्वाचनका लागि उम्मेद्वार तय गर्न नेकपाको सचिवालय बैठक बोलाइएको छ ।