उपनिर्वाचनको उम्मेद्वार टुंगो लगाउने जिम्मा पदाधिकारीलाई
नेपाली कांग्रेसले १४ मंसीरमा हुने उपनिर्वाचनमा उम्मेद्वार टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ ।
शुक्रबार बसेको केन्द्रीय कार्य समिति बैठकले पदाधिकारीलाई उम्मेद्वार टुंगो लगाउने जिम्मा दिएको प्रवक्ता शर्माले बताए । पार्टी विधानको धारा ३२ (घ) र (ङ) अनुसार, उम्मेद्वार टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिइएको हो ।
उम्मेद्वार टुंगो लगाउने बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई आमन्त्रित सदस्यका रुपमा बोलाइने भएको छ । कांग्रेसले आइतबारभित्रै उम्मेद्वार टुंगो लगाउने भएको छ ।
धरान उपमहानरपालिकाको मेयर पदका लागि भने तिलक राईलाई उम्मेद्वार बनाउने कांग्रेसले निर्णय गरेको छ ।