अदालतमा महराको बयान शुरु (अपडेट)
संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी उद्योगको आरोप लागेका तत्कालीन सभामुख कृष्ण बहादुर महरासँग काठमाडौं जिल्ला अदालतले बयान लिन शुरु गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध बिहीबार अभियोगपत्र (मुद्दा) दर्ता गराएको थियो ।
हिजो समय अभावका कारण महरासँग अदालतले बयान लिन नपाएकाले शुक्रबार बयान लिन थालेको र बयान सकिएपछि थुनछेक बहस शुरु हुने अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।