समाचार विहीबार, कात्तिक १४, २०७६

धादिङमा जीप दुर्घटना, २३ जना घाइते

रासस

धादिङमा जीप दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । 

तस्वीर : रासस

दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जीप दुर्घटना भएकाे हाे । जीपमा ३० जना सवार रहेको बताइएको छ ।

कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए।

घाइतेको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस