प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, अस्पतालमै राखेर उपचार गरिने
प्रधानमन्त्री केपीशर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । उनको फोक्सो र पिसाबमा समस्या देखिएको बताइएको छ ।
उनलाई समस्या भएपछि आज बिहान स्वास्थ्य जाँचका लागि ग्रान्डी अस्पताल लगिएको थियो । स्रोतका अनुसार उनलाई अस्पतालमै राखेर उपचार गरिने बताइएको छ ।
प्रधानमन्त्रीको फोक्सोमा पानी जमेको र पिसाब फेर्न समस्या देखिएको बताइएको छ । उनको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्री ओलीलाई ५ भदौमा सिंगापुर लगेर दुई साता अस्पतालमा राखेर प्लाज्माफेरेसिस गराइएको थियो ।