कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गर्ने गरी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई जिम्मेवारी दिएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार अजरबैजानको बाकुतर्फ प्रस्थान गरेकाले उपप्रधानमन्त्री पोखरेललाई कार्यवाहक जिम्मेवारी दिइएको हो ।
नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।