'जीएचआई र्यांकिङ'मा भारत दक्षिण एशियामै कमजोर
‘ग्लोबल हंगर इन्डेक्स’मा भारत दक्षिण एशियामै कमजोर देखिएको छ । ११७ देशहरूको सूची सार्वजनिक गरिएकोमा भारत १०२ स्थानमा रहेको छ ।
ग्लोबल हंगर इन्डेक्समा कमजोर हुनुको अर्थ भारतमा मानिसहरूले पेटभरि खान पाउँदैनन् । बाल मृत्युदर धेरै छ । बालबालिकाहरू कुपोषित छन् ।
पाकिस्तान, बंगलादेश तथा नेपालका जनता भारतीयहरूभन्दा पोषणको सवालमा अगाडि रहेका छन् । भारत यस विषयमा ब्रिक्स देशहरूमा पनि कमजोर रहेको छ ।
पाकिस्तान ९४ औं नम्बरमा रहेको छ भने बंगलादेश ८८ औं नम्बरमा छ । नेपाल ७३ औं नम्बरमा रहेको छ भने श्रीलंका ६६ औं नम्बरमा रहेको छ ।
बेलारुस, युक्रेन, टर्की, क्यूबा र कुबेत जीएचआई र्यांकिङमा अगाडि रहेका छन् । रुवान्डा र इथोपिया जस्ता देशको पनि जीएचआई र्यांकिङको सुधार भएको छ ।
जीएचआई र्यांकिङ आयरल्याण्डको एड एजेन्सी कन्सर्न वर्ल्डवाइड र जर्मन अर्गनाइजेशन वेल्ट हंगरले तैयार पार्ने गर्छन् ।–एजेन्सी