अब कप्तान नबन्ने पारसको उदघोष
राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिने यो नै उपयुक्त समय रहेको र कप्तानका रुपमा आफू अब नफर्किने पारस खड्काले बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलनमा उनले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएपछि नयाँ ढंगले अघि बढ्नुपर्ने भएकाले राजीनामा दिएको बताएका छन् ।
अब नेपाली क्रिकेटलाई अघि बढाउन सहज होस् भनेर कप्तानी छाडेको पनि खड्काले बताए ।
उनले आफूले कप्तान पद छाडे पनि क्रिकेटबाट टाढा नहुने र क्यानको छनोट समितिले चयन गरेमा खेलाडीका रुपमा क्रिक्रेट खेल्ने पनि उनले बताए । उनले कप्तानका रुपमा आफू अब नफर्किने पनि सो सम्मेलनमा बताएका छन् ।