राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता प्रारम्भ भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भइरहेको जनाइएकाे छ ।
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा यहाँ आइपुगेका हुन्।
प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग आइतबार भेटवार्ता गर्नेछन् । भाेलि नै दुई देशबीच विभिन्न पक्षमा सहमति हुने बताइएकाे छ ।