छत, कान्ला र भीरबाट लडेर ४ जनाको मृत्यु
प्रदेश १ का सुनसरी, इलाम, झापा र सोलुखुम्बुमा लडेर चार जनाको मृत्यु भएको छ ।
सुनसरी इटहरी उपमहानगरपालिका ९ का कृष्णकुमार चौधरी (४५) को आफ्नै तीन तले घरको छतबाट लडेर बिहीबार बिहान मृत्यु भएको छ ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ मा बुधबार साँझ स्थानीय बुद्धिबहादुर तामाङको भीरबाट लडेर मृत्यु भएको छ ।
यस्तै झापाको कमल गाउँपालिका १ शुक्रबारे टोल निवासी चन्द्रमाया दर्जीको बुधबार बेलुका आफ्नै एक तले घरको छतबाट लडेर बुधबार बेलुका मृत्यु भएको छ । घरको छतमा सुत्न गएकी दर्जीको माथिबाट झरेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।
यसैगरी इलामको फाकफोकथुम गाउँपालिका ६ सिमसाराकी सरिता राई (४४) को बारीको कान्लाबाट लडेर मृत्यु भएको छ ।
बुधवार राति ८ बजे घर नजिकै बारीको कान्लाबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।