शुभकामना आदानप्रदान गर्न प्रधानमन्त्री ओली गृह जिल्लामा
प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापामा पुगेका छन् ।
बिहान झापा पुगेका प्रधानमन्त्री ओलीले आजै राजधानी फर्कने कार्यक्रम तय भएको छ । दशैं तिहार, छठको उपलक्ष्यमा दमकमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले बर्सेनि दशैं, तिहार र छठ पर्वका अवसरमा २५ वर्षदेखि शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका छन् ।
कार्यक्रममा प्रदेश नं १ सरकारका उच्च पदाधिकारी र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला लगायत सहभागी छन् ।