भगवान कोइराला सहित तीन जनाको नाम त्रिवि उपकुलपतिमा सिफारिस
डा.भगवान कोइराला सहित तीन जनाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सिफारिस भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वको समितिले कोइराला सहित तीन जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा कोइरालाको नाम पहिलो नम्बरमा राखिएको छ ।
दोस्रोमा मेडिकल काउन्सिलका निवर्तमान अध्यक्ष धर्मकान्त बाँस्कोटा र तेस्रोमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष समेत रहेका चन्द्रमणि पौडेल छन् ।