थप समाचारबिहिबार, १६ आश्विन , २०७६

निर्वतमान सभामुख महराबाट भएको घटनाको अनुसन्धान गर्न अधिकारवादी संघसस्थाहरुको माग

हिमालखबर

महिला तथा मानवअधिकारको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले निर्वतमान सभामुख कृष्णबहादुर महराबाट भएको यौन दुव्र्यवहार घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

पीडित भनिएकी महिलाको दोहोरो भनाइ सार्वजनिक हुनु गम्भीर विषय भएको भन्दै यसमा तत्काल अनुसन्धान गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

डेढ दर्जन संघसंस्थाहरुको बिहीबार बसेको संयुक्त बैठकले पीडितले दबाब वा प्रभावमा परेर अथवा असुरक्षाका कारण भनाइ परिवर्तन गरेको हुन सक्ने भएकाले प्रहरी प्रशासनका साथै राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोगलगायतले पनि अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

बैठकमा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, महिला पुनस्र्थापना केन्द्र ९ओरेक०, साथी, शक्ति समूह, एट्वीन, अपांग महिला संघ, सिविन, हिमराइट्सलगायत सहभागी भएको बैठकपछि जारी पे्रस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस