सुपमा राप्रपाको आमसभा
राष्ट्रिय प्रजातन्त्र पार्टीले सुदूरपश्चिममा क्षेत्रीय आमसभा गर्ने भएको छ । यहि १७ पुषमा महेन्द्रनगरमा आमसभा गर्न लागेको हो ।
राप्रपा र राप्रपा नेपाल एकता पछि देशब्यापि आमसभा गर्ने क्रममा ७ नम्बर प्रदेश (सुदूरपश्चिम)को महेन्द्रनगरमा क्षेत्रीय आमसभा गर्न लागेको जनाएको छ । आमसभालाई राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा, वरिष्ठ नेता पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, डा।प्रकाशचन्द्र लोहनीलगायतका नेताहरूले सम्बोधन गर्ने केन्द्रीय सदस्य तथा प्रचारप्रसार समितिका संयोजक हेमबाबु लेखकले जानकारी दिएका छन् ।
गत वर्षको ८ भदौमा टीकापुरमा भएको हिंसात्मक भिडन्तपछि सुदूरपश्चिममा कुनै पनि पार्टीले आमसभा गरेका छैनन् ।