सन् २०२१ का लागि डीभी खुल्यो, ५५ हजारले डीभी पाउने
अमेरिकाले सन् २०२१ का लागि डाइभर्सिटी भिषा (डीभी) खुला गरेको छ ।
बुधबारबाट खुलेको डीभी आवेदन ५ नोभेम्बरसम्म मध्यान्ह बन्द हुनेछ । यसपटक डीभी भर्नेले पासपोर्ट नम्बर, अवधि र इमेल अनिवार्य राख्नुपर्नेछ । तर, डीभी भर्न शुल्क लाग्ने छैन ।
यस बाहेक यो पटकबाट एक जनाले एक पटक मात्रै आवेदन भर्न पाउनेछन् । अमेरिकाले सन् २०२१ म ५५ हजारलाई डीभी दिने जनाएको छ ।
बांग्लादेश, ब्राजिल, क्यानडा, कोलम्बिया, हाइटी, भारत, जामिका, चीनको मुख्य भूमिमा जन्मेका चिनियाँ लगायत १७ देशले भीडी भर्न नपाउने भएको छ । तर, हङकङ, मकाउ र ताइवानकाले भने डीभी भर्न पाउनेछन् ।
यी देशहरुबाट धेरैले डीभी पाइसकेकाले डीभी भर्न रोक लगाइएको हो । डीभी भर्न कक्षा–१२ उत्तीर्ण गरेका, पाँच वर्षयता कम्तिमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।