सभामुखमाथि गम्भीर आरोप लागेपछि ओली–दाहाल छलफलमा
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको गम्भीर आरोप लागेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले छलफल शुरु गरेको छ ।
छलफलका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र दाहाल बीच छलफल सभामुखबारे कस्तो निर्णय लिने भन्ने छलफल हुने जनाइएको छ ।
अध्यक्ष दाहाल र सभामुख महराबीच बिहानै छलफल भएको छ । सभामुख महराले अध्यक्ष दाहाललाई आफू यो प्रकरणमा सहयोग गर्न तयार रहेको जनाएका छन् ।
संसद सचिवालयका एक महिला कर्मचारीले सभामुखमाथि बलात्कार प्रयासको आरोप लगाएकी छन् । सभामुख महराको सचिवालयले भने आफूलाई फसाउन गरिएको प्रयास भनी खण्डन गरेको छ ।