नेकपाको चियापानमा एक लाखलाई निम्ता
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैं, तिहार, छठ,नेपाल संवत, इद, ल्होसार लगायत पर्वको अवसरमा २९ असोजमा चियापान गर्ने भएको छ ।
वर्षेनि गर्दै आएको चियापानमा यस पटक एक लाखलाई निम्तो दिने नेकपाले जनाएको छ । चियापान कार्यक्रमका लागि तयारी गर्न आइतबार केन्द्रीय मूख्यालय धुम्बाराहीमा बसेको बैठकमा एक लाखलाई निम्तो दिने जानकारी दिइएको हो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको आयोजनामा हुने चियापानका लागि सोमबारबाटे निमन्त्रणा कार्ड बितरण शुरु गरिने भएको छ ।
कुटनीतिक नियोग, उद्योगी व्यवसायी, कलाकार, संवैधानिक नियका, राष्ट्रसेवक, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता लगायतलाई चियापानमा निमन्त्रणा दिइने भएको छ ।