गगन थापाको प्रश्न– सरकारले कसरी दियो पूर्व राष्ट्रपतिलाई उपचार खर्च?
नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्व राष्ट्रपति रामवरण यादवले विदेशमा गराएको उपचार खर्चबारे प्रश्न उठाएका छन् ।
केही समय अगाडि सरकारले पूर्व राष्ट्रपति यादवले विदेशमा गराएको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । सरकारको यो निर्णयप्रति आपत्ति जनाउँदै थापाले प्रधानमन्त्रीसँग प्रश्न गरेका छन् ।
थापाले लेखेका छन्, “हामीले एक वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ– ‘कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिंदैन ।’ पूर्व राष्ट्रपति वा वर्तमान प्रम जो भएपनि यो कानून सवैलाई लाग्छ । तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्योहोर्ने निर्णय गर्यो, प्रमज्यू ?”