कारितासको वार्षिक उत्सव शुरु
कारितास नेपालकाे ३० आै वार्षिक उत्सव ललितपुरकाे हाेटर हिमालयमा शुरु भएकाे छ । कार्यक्रम शनिबार र आइतबार दुई दिनसम्म चल्नेछ ।
प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रहरुमा काम गर्दै आएको कारितास नेपालले आफ्नो ३०औं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा संस्थाले नेपाल भूकम्प पुनसंरचना कार्यक्रम सम्पन्न भएको घोषणा समेत गरेको छ ।
७२ सालको भूकम्पपछि काभ्रे, सिन्धुपाल्चोक, दोलखा र सिन्धुलीमा पुनर्निर्माण, खानेपानी तथा सरसफाइ, कृषि सम्बन्धी तालिम जस्ता काम गरेको संस्थाकी अनुगमन तथा मूल्यांकन प्रमुख प्रतिभा आचार्यले जानकारी दिइन्।
कारितासले यी चार जिल्लाहरुमा चार हजार छ सय २० आवास निर्माण गर्नुका साथै ६९ हजार खानेपानीको लागि पूर्वाधार तयार गरेको छ जसबाट हजारौंले लाभ लिइरहेका छन् ।
त्यसैगरी भूकम्प प्रभावितहरुको जीवन स्तर उकास्नका लागि कृषिसम्बन्धी तालिम दिनुका साथै तरकारी एवं दुग्ध संकलन केन्द्रहरु निर्माण गरिदिएको छ ।
सामुदायिक विद्यालयहरुको पुनर्निर्माणमा सहयोग गर्नुका साथै ११ ठाउँमा सामुदायिक भवनहरुको निर्माण गर्न सहयोग गरेको संस्थाले जनाएको छ ।
कारितासको नेपाल भूकम्प पुनसंरचना कार्यक्रमले चार जिल्लाका हजारौं जनता लाभान्वित भएका छन् ।