अब फेसबुकको लाइक नदेखिने !
फेसबुकले तस्वीर अथवा भिडियो पोष्टमा लाइक नदेखिने व्यवस्था गर्ने भएको छ । अष्ट्रेलियाका प्रयोगकर्ताहरुबाट फेसबुकले परीक्षण शुरु गरेको छ ।
फेसबुकको नयाँ प्रयोगपछि प्रयोगकर्ताले मात्रै लाइक र रियाक्सन देख्न सक्नेछन् । अहिले जसरी साथीले पनि लाइक र रियाक्सन देखिरहेका छन्, यसले प्रयोगकर्तालाई दबावमा राखेकाले यो सुविधा हटाउन लागिएकाले फेसबुकले जनाएको छ ।
कम्पनीले फेसबुकलाई लाइकको प्रतिष्पर्धा बनाउन नचाहेको प्रष्टोक्ति दिएको छ । नयाँ विशेषता सहितको परीक्षण पछि फेसबुकले निर्णय लिने जनाएको छ ।
प्रयोगकर्तालाई सहज भए यो नियम संसारभर लागू गर्ने तयारी फेसबुकले गरेको छ ।