जाम खुलाएर बिरामी बचाउन समेत सरकारले सकेनः नेता सिंह
नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले दुई तिहाइको सरकारले सहज रुपमा यात्रा गर्ने वातावरण समेत बनाउन नसकेको बताएका छन् ।
काठमाडौंमा शनिबार बिहान आयोजित चियापनमा नेता सिंहले जाममा परेर बिरामीको मृत्यु हुँदा भइसक्दा समेत सरकारले जाम खुलाउने प्रयास नगरेको बताए । सिंहले भने, “जाममै परेर बिरामीको ज्यान गइरहेको छ । जनजीवन अस्तव्यस्त छ । सरकारको उपस्थिति देखिएको छैन ।”
जनताको न्यूनतम चाहना पूरा गर्नबाट पनि सरकार चुकेको नेता सिंहले बताए । उनले भने, “जाम समेत खुलाउन नसक्ने सरकारसँग अरु केही आशा गर्न सकिदैन ।” जनचाहना पूरा गर्न छाडेर सी जिनफिङतिर लाग्नु दुखद् भएको उनले बताए ।