सानेपामा सभापति देउवा विरुद्ध नै नाराजुलुस
नेपाली कांग्रेसको युवा संगठन तरुण दलले पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध नै प्रदर्शन गरेका छन् ।
पार्टी केन्द्रीय कार्य समिति बैठक समयमा नबसेको भन्दै तरुण दलका नेता तथा कार्यकर्ताहरुले सभापति देउवा विरुद्ध प्रदर्शन गरे ।
तरुण दलका तत्कालीन महामन्त्री भुपेन्द्रजंग शाही निकटका तरुणहरुले पार्टी कार्यालयमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको राजीनामा समेत मागेका थिए । कांग्रेस केन्द्रीय समिति बैठकमा भातृ तथा शुभेच्छुक संस्थाबारे निर्णय लिने कार्यसूची तय भएको छ ।