‘द ब्रिटिस कलेज’ का ३२९ जना विद्यार्थी दीक्षित
‘द ब्रिटिस कलेज’ले आयोजना गरेको पाँचौ दीक्षान्त समारोहमा ३२९ जना विद्यार्थी दीक्षित भएका छन् । बौद्धस्थित हायात रिजेन्सीमा आयाेजित दीक्षान्त कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
दीक्षित हुनेमा ५१ जना बीबीए (हन्स) बिजनेस एण्ड म्यानेजमेन्ट, ४८ जना एमएस्सी इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड, ब्रिस्टल), २३० जना बिएस्सी (हन्स) कम्प्युटिङका विद्यार्थी लिड्स बेक्केट युनिभर्सिटीबाट दीक्षित भएका हुन्।
यो हालसम्मकै सबैभन्दा धेरै विद्यार्थीहरु दीक्षित भएको वर्ष रहेको र यसले कलेजको सफलताको पक्षलाई दर्शाएको कलेजका अपरेशन डाइरेक्टर महेन्द्रराज कँडेलले बताए ।
दीक्षान्त कार्यक्रममा दीक्षित हुने विद्यार्थी, एकेडेमिसियन, विशिष्ट अतिथिहरुको उपस्थिति थियो।