ताजकिस्तानलाई हराउँदै नेपाल उपाधि नजिक
किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपालले ताजकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
नेपालको जितमा सावित्रा भण्डारीले गोल गरिन् । उनले खेलको ८६औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो ।
गीता रानाले प्रहार गरेको फ्रिकिक बललाई सदुपयोग गर्दै सावित्राले हेड गोल गरिन् ।
अब नेपालले उपाधिका लागि २६ भदौंमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् ।
आयोजक किर्गिस्तान र ताजकिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।
नेपालले यसअघि खेलेको पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको थियो ।