चन्द्रमा पुग्ने सपना पूरा नभएपछि मोदीले भने– तर, असाधारण यात्रा
चन्द्रमाको दक्षिणी ध्रुबमा पुर्याउने भनेर भारतले पठाएको चन्द्रयान–२ सम्पर्क विहीन भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रको सतह पुग्न करीब दुई किलोमिटर बाँकी रहँदा चन्द्रयान–२ सम्पर्कविहीन भएको जनाएको छ ।
चन्द्रयान–२ को विक्रम ल्याण्डर शुक्रबार राति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अतवरण हुने अनुमान गरिएको थियो।
तर, अवतरण नभई सम्पर्क टुट्न पुगेको छ । भारतले चन्द्रयान– २ मार्फत् चन्द्रमामा पठाइएको ‘विक्रम ल्याण्डर’लाई सुरक्षित रुपमा चन्दमामा अवतरण गराउने क्रममा सम्पर्क टुटेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले इसरोबाटै राष्ट्रको नाममा सम्बोधन गरेका छन्।
मोदी इसरोमा चन्द्रयानले चन्द्रमा टेकेको दृष्य हेर्न पुगेका थिए । तर, त्यो प्रयास असफल भएपछि मोदीले वैज्ञानिकहरुलाई बिचलित नहुन आग्रह गरे ।
उनले भने, “यात्रा सफल हुन नसके पनि असाधारण थियो । सायद, चन्द्रयानलाई चन्द्रमालाई अँगालो हाल्ने हतारो भयो ।”