छिमेकीबाटै किशोरीमाथि एसिड प्रहार
बीरगञ्ज छपकैयाकी १५ वर्षीया मुस्कान खातुनलाई एसिड प्रहार गर्नेहरु छिमेककै भएको खुलेको छ ।
शुक्रबार बिहान विद्यालय जाँदै गर्दा वीरगञ्ज महानगरपालिका–६, गणेशचोंकस्थित त्रिभुवन माध्यमिक विद्यालय पढ्ने खातुनमाथि एसिड प्रहार गरिएको थियो । एसिड प्रहारबाट किशोरकी देव्रे पट्टीको शरीरको भाग जलेको छ ।
खातुनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने युवाहरु खातुनकै छिमेकी भएको उनको माइजु रियाना खातुनले बताएकी छिन् ।
एसिड प्रहार गर्ने माजिद आलम फरार छन् । अर्का सस्साद मियाँलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
-श्याम गुप्ता