जिम्बावेका पूर्व राष्ट्रपति मुगावेकाे सिंगापुरमा निधन
जिम्बाबेमा चार दशक लामाे शासन गरेका पूर्व राष्ट्रपति राेवर्ट मुगावेकाे सिंगापुरमा निधन भएकाे छ ।
उपचारका क्रममा सिंगापुरमा रहेका ९५ वर्षीय मुगावेकाे शुक्रबार बिहान निधन भएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
१९८० देखि कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति रहेका थिए मुगावे । तर, सन् २०१७ काे सैन्य कूपछि मुगावे सत्ताबाट बाहिरिएका थिए ।