सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक
सरकारी कार्यालयमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए।
स्वदेशी गलैंचालाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको उनको भनाइ थियो।