टाटाका बसको गोंगबुमा निःशुल्क परीक्षण
दशैंतिहार लगायत चाडपर्वलाई ध्यानमा राखेर टाटाका बसको गोंगबु बसपार्कमा निःशुल्क परीक्षण गर्न थालिएको छ।
सिप्रदी ट्रेडिङ प्रालिले टाटाका सम्पूर्ण बसका लागि गोंगबु बसपार्कमा निःशुल्क ‘चेकअप क्याम्प’ सञ्चालन गरेको हो। गोंगबु बसपार्कबाट छुट्ने सम्पूर्ण टाटा बसको ‘बम्पर टु बम्पर चेकअप’ गरेर गाडीको कन्डिशनको जानकारी प्रदान गर्न थालिएको सिप्रदीले जनाएको छ। यससँगै सुलभ मूल्यमा गाडीको मर्मतसम्भार पनि गरिंदै आएको छ।
त्यस्तै, सिप्रदीले चौबीसै घण्टा टोल फ्री सेवा मार्फत ‘हाइवे ब्रेक डाउन एसिस्टेन्स’ सेवाको पनि व्यवस्था गरेको छ। सम्पूर्ण सर्भिस सेन्टर पनि खुला राखी सर्भिस तथा मर्मतसम्भार सम्बन्धी सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
असोज २२ गतेसम्म सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरमा टाटा कमर्सियल गाडीका लागि शुभकामना सर्भिस क्याम्प आयोजना गरिनेछ। त्यस अवधिमा टाटा जेन्यूइन पार्टस्, ल्यूब्रिकेन्ट्स तथा लेबर चार्जमा १५ देखि ५० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको छ।