धनुषा प्रहरीको हिरासतमा सिरोहिया
![धनुषा प्रहरीको हिरासतमा सिरोहिया](https://www.himalkhabar.com/uploads/posts/800X600/436354531_331567146421065_5372183839547908316_n-1716348510.jpg)
नागरिकता सम्बन्धी विवादमा पक्राउ परेका कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियालाई अहिले धनुषा प्रहरीको हिरासतमा राखिएको छ।
मंगलबार थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट सिरोहियालाई पक्राउ गरिएको थियो। जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक रञ्जन अवालेका अनुसार उनलाई आज बिहान जनकपुर ल्याइएको हो। उनलाई आजै जिल्ला अदालत, धनुषामा उपस्थित गराइँदै छ।
“अहिले हिरासतमा राखिएको छ। केही बेरमा अदालतमा पेश गर्छौं,” अवालेले भने।
![436210391_1171309024316865_6483661507555082045_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Media/436210391_1171309024316865_6483661507555082045_n.jpg)
सिरोहिया विरुद्ध सर्लाहीका इन्द्रजीतप्रसाद महतोले नागरिकता छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय, धनुषामा जाहेरी दिएका थिए। सिरोहियाले कीर्ते गरेर नागरिकता लिएको, फरक फरक नम्बरको नागरिकता प्रयोग गरेको, उनको नागरिकतामा उल्लेख नम्बरमै जिल्ला प्रशासन कार्यालय, धनुषाबाट अर्कै व्यक्तिको नाममा नागरिकता जारी भएको लगायत जाहेरीमा उल्लेख छ।
![436281762_2195663197449329_397745098610999298_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Media/436281762_2195663197449329_397745098610999298_n.jpg)