राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य सिफारिश
![राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य सिफारिश](https://www.himalkhabar.com/uploads/posts/800X600/anjana_shakya-1712916454.jpg)
सरकारले राष्ट्रिय सभाको मनोनीत सांसदका लागि अन्जान शाक्यलाई सिफारिश गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनीत सांसदका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।
शाक्य पूर्व राजदूत हुन्। त्यस्तै, उनी राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेकी थिइन्।
सरकारको सिफारिशमा राष्ट्रपतिले तीन जनालाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने संवैधानिक व्यवस्था छ। यसअघि मनोनीत सांसद विमला पौड्यालको पदावधि सकिएको थियो। रिक्त स्थानमा शाक्यलाई सिफारिश गरिएको हो।