संसद् अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने सरकारको निर्णय
![संसद् अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने सरकारको निर्णय](https://www.himalkhabar.com/uploads/posts/800X600/parliament_28-1712733806.jpg)
सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संघीय संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। उनका अनुसार आउँदो वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय भएको हो।
गृहमन्त्री रवि लामिछाने र सहकारीको रकम हिनामिनाको विषयमा छानबिनका लागि संसदीय समिति बनाउन नेपाली कांग्रेसले माग गर्दै आएको छ। सरकारले माग सम्बोधन नगरेपछि संसद् बैठकमा कांग्रेसको विरोध जारी रहेको थियो।
सरकारले संसद्को अवरोध हटाउन पहल गर्नुको सट्टा संसद् अधिवेशन नै अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको हो।